टाढा भए सयन
दार्हि फुले कपाल फुले
फुलेजोति नयन
घर आगंन मेरा लागि
भए टाढा सयन ।।१
छोरा छोरी जम्माजाल
जति भएपनि
हुदा रैछन उनिहरु
मायालुका धनी ।।२
हलचल गर्न सकिँदैन
आफु कतैतिर
सांसारिक माया जालले
चल्छ मनमा पिर ।३
जुरमुराउन खोजेपनि
शिथिल भए पाउ
अब निको हुने छैन
दिर्घ जिवन घाउ ।४
लरबर गर्छन् हात गोडा
दन्त सवै झरे
कनकले काम छोडे
अलमलमा परे ।५
खाउं अन्न खान हुन्न
बिसान्तिको डर
कसो गरि बाचौ प्रभु
जीवन छैन भर ।६
सुस्तरिमा बोले पनि
सुन्ने कोहि हैन
मन गुम्स्याई झर्छ आंशु
बुझने कोहि छैन ।७
बुढेसकालको सहारामा
कसोगरी बाचुं
भन दैव जीवन मैले
कस्कालागि साचुं।८
अभागि यो पुरपुरोमा
कस्तो लेख्या होला
कसो गरि बाँच्नु अब
बाकिं जीवन चोला।९
कति दुख सहुं दैव
छैन कोहि सहारा
जिवन धान्ने सहजता
हुन्न मेरो अहारा ।।१०
मुख मेरो रसाउंछ
पेट सधैं खोेक्रो
सुख दुख बिर्सदैछु
भारी बोक्या धोक्रो ।११
कर्मफल पाएं मैले
उमेर भाव जेहोस्
मलाई दुख भए पनि
अरुलाई नहोस् ।१२
(हाल अष्टेलिया)