युनिलिभर नेपालको लाभांश पारित
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रस्ताव गरेको लाभांश ३१औँ वार्षिक साधारणसभाबाट पारित भएको छ । कम्पनीले सोमबार आयोजना गरेको सभाले सेयरधनीलाई प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
गत वर्ष यो कम्पनीले एक हजार ५ सय ८० रुपैयाँका दरले लाभांश दिएको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले गएको असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो । असोज २७ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्नेछन् ।