निर्वाचन आयोगले खोध्यो कीर्तिपुरका दुई उम्मेदवारलाई स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगले माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको जनाएको छ ।
आइतबार कीर्तिपुरको मेयरका लागि मतदान हुँदैछ । कीर्तिपुरमा २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।