कीर्तिपुर र काठमाडौँ-१६ मा १२,२४८ मत खस्यो, मतदान शान्तिपुर्ण जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकामा आज बिहान ११ः०० बजेसम्म कूल २४.२० प्रतिशत मत खसेको छ ।
हाल प्राप्त विवरणअनुसार, कीर्तिपुरमा ८,१८३ (२६.७३ प्रतिशत) र काठमाडौँ-१६ मा ४,०६५ (१९.३ प्रतिशत) मत खसेको छ।
कीर्तिपुरमा २० र काठमाडौँ-१६ मा १० गरी ३० वटा मतदान स्थलका ६२ वटा मतदान केन्द्र सक्रिय छन् । यी केन्द्रहरूबाट हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।