आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रा.लि.बाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवैपक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त साझेदारिमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ्ग र वन्डर्स नेपाल प्रा.लि.को तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार फाइनान्सका ग्राहकहरुलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *