रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

काठमाडौं । युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ । धेरै स्थानमा आक्रमण गरेको छ । युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ । युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो ।

युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ । तर, रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको छिट्टै जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर सारातोवका विद्यालयहरू बन्द गरिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *