लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ। सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो। हिजो मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी थुनछेक बहस आज हुने बताइएको छ।

आज लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *