नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले घटेर तोलामा एक लाख ५७ हजार १०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा एक लाख ५७ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *