नेपालले खो खो विश्वकपको उपाधिका लागि आज दुवैटोलीले भारतसँग खेल्दै

काठमाडौँ । खो-खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दै छन्।

खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे सुरु हुनेछ । शनिबार भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो भने भारत दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो ।

त्यसैगरी नेपाली महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९-१८ ले पराजित गर्‍यो । त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६-१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *