एमाले र रास्वपा पार्टीभित्र तानाशाहीले चरमशिमा नाग्यो, हिटलर शैलीको झल्को

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले) एकै लहरमा देखिएका छन् । यी दुवै पार्टीका केन्द्रीय स्तरका नेता निष्कासनमा परेका छन् । रास्वपाका महामन्त्री मुकुल ढकाल र नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका भीम रावल हाल पार्टीबाट अलग्गिएका हुन । र, ती निष्कासनमा परेका नेताको पक्षमा उभिनेलाई यी दुवै पार्टीले खोजी-खोजी कारबाही अघि सारेको छ ।

यस क्रममा रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकै भरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोसी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ । पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणि देवकोटाले तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराएका छन् । उनले विज्ञप्ति मार्फत उक्त कुराको जानकारी दिएका हुन । तिम्सिनाले पार्टीका निष्कासित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेकाले निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

यसै गरी केही समय अघि नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्व मन्त्रीसहित २ जना कारबाहीमा परेका छन् । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको छ ।

शनिवार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई जिम्मेवारीबाट हटाउँदै पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । पूर्व मन्त्री कृष्णराज सुवेदीलाई पनि सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ ।

उनीहरू एमालेमा भीम रावल निकट मानिँदै आएका थिए । रावल कारबाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् । उनीहरूलाई कारबाहीमा परेका नेता भीम रावलको गतिविधिमा सामेल भएकाले कारबाही गर्नुपरेको बताइएको छ ।

पछिल्ला दिनमा यी दुई पार्टी भित्र भइरहेका कारबाहीलाई हेर्दा बोल्न, लेख्न साथै सार्वजनिक अभिव्यक्ति दिनै नमिल्ने जस्तो देखिएको छ । यस्तो क्रम नरोकिए यसले पार्टीका नेता कार्यकर्ताहरूलाई अनुशासनमा बाँध्ने नभएर थप असन्तुष्टि पैदा हुने सम्भावना देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *