स्कटल्याण्डसँग नेपाल पराजित

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकप टी–२० क्रिकेटमा नेपालले स्कटल्यान्डसँग पराजित भएको छ ।

जितका लागि ७४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य पुरा गर्‍यो । एक समय जित नजिक पुगेको नेपाल खराब फिल्डिङका कारण पराजित हुन पुग्यो । स्कटल्यान्डको जितमा पिप्पा स्प्रुलले सर्वाधिक ३५ रन बनाइन् । गेब्रिएला फन्टेनला १२ रनमा नटआउट रहिन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर  ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *