हर्क साम्पाङ सिंहदरबारमा
काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
धरानको समस्याबारे प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई जानकारी गराउने उद्देश्यका साथ उनी सिंहदरबारमा पुगेका हुन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए । आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।
साम्पाङ आउने खबरले सिंहदरबार परिसरमा प्रहरीको संख्या समेत बढाइएको छ । उनले यस अघि सामाजिक संञ्जालमा खाली गांग्री बोकेर काठमाडौँ पानी माग्न आउनलागेको कुरा जानकारी गराएका थिए ।