अष्ट्रेलियाले नेपाललाई दियो १ सय ४० रनको लक्ष्य

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले १ सय ४० रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन जोड्यो । अस्ट्रेलियाका लागि क्विमहि बेरीले सर्वाधिक ४५ रन बनाइन् । एलेनोर लारोसाले ३१ रन बनाइन् भने हसरत गिलले ३० रनको योगदान दिइन् । क्लो आइन्सवर्थले १६ रन बनाइन् ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सिमाना केसीले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *