सरकारी वकिलको जिकिर बुटवल-११ को ऋणको जिम्मेवार रवि नै हुन्

काठमाडौँ । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् ।

जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको बताएका हुन् । ‘बुटवलको वडा नम्बर ११ को ऋण लिनका लागि निवेदन दिने रवि लामिछाने म होइन भनेर भन्नुभएको छ,’ इजलासमा सरकारी वकिलले भनेका छन्, ‘तर कागजपत्रले ऋण उहाँकोमा नै गएको देखिन्छ । ऋण उहाँले नै चलाउनुभएको छ ।’

गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्‍याउनले बेलामा १५ प्रतिशत शेयर बापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उक्त रकम बुटवलको सुप्रिम सहकारीबाट ल्याएको पाइएको संसदीय विशेष छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *