रवि लामिछानेविरुद्धको मुद्दाको छुनछेक बहस आजपनि

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको छुनछेक बहस आज पनि जारी रहने भएको छ ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस भने बाँकी रहेकाले आइतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस सुरू गरिन लागिएको छ । सहकारी ठगीमा पक्राउ परेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, त्यस दिनपछि हाजिरी जमानीमा रिहा भइरहेका छन्

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाड्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *