जनवरीमा नेपाल भित्रिए करिब ८० हजार पर्यटक

काठमाडौँ । सन् २०२५ को जनवरी महिनामा करिब ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटन बोर्डका अनुसार यस महिना ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भित्रिएका हुन् ।

पर्यटक भित्रिएको यो संख्यामा कोरोना महामारी पछिकै सर्वाधिक हो । सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएकोमा यस्तो संख्या सन् २०२० मा ७९ हजार ७०२ रहेको थियो । त्यस्तै, सन् २०२१ को जनवरीमा ८ हजार ८६४, सन् २०२२ को जनवरीमा १६ हजार ९७५, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र सन् २०२४ को जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२५ को जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । यस महिना भारतबाट २० हजार ४८५ जना नेपाल भ्रमणका लागि आएका हुन् । यस अवधिमा चीनबाट ८ हजार १९१ जना र अमेरिकाबाट ८ हजार ६३ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

त्यस्तै, सन् २०२५ को जनवरीमा बांङ्लादेशबाट ५ हजार ४०६ जना पर्यटक नेपाल आउँदा अष्ट्रेलियाबाट ४ हजार ३०१ जना पर्यटक आएका छन् । यसका साथै यस अवधिमा बेलायतबाट ३ हजार ५२१, थाइल्याण्डबाट ३ हजार २१९, भुटानबाट २ हजार ७६८ र जापानबाट १ हजार ५७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *