सुनको मूल्य घट्यो
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँले घटेर चाँदीको मूल्य १९९० रुपैयाँ कायम भएको छ ।