चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ । यस चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव साथै तिनका विविध घटनाक्रमलाई प्रस्तुत गरेको छ । ट्रेलरले जीवनका रमाइला क्षणहरू, तिनका चुनौतीहरूलाई पर्दामा उतारेको देखिन्छ ।

पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरुलाई ट्रेलरमा मुख्य भुमिकामा देख्न सकिन्छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् । सह-निर्मातामा भने शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।

‘होस्टेल ३’को ट्रेलर

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *