अष्ट्रेलियाली म्याट रोज नेपाली पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । अष्ट्रेलियाली म्याट रोज नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
आइतबार एन्फा महासचिव किरण राईले रोजसँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । रोज यसअघि युएईको युनाइटेड दुवई एफसीको सहायक प्रशिक्षक थिए ।
नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिनाअघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो ।