कामपा ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय भएका छन् । सङ्गतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानलनै निर्वाचित भएको हो ।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भएकी छन् ।

हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *