समीर भट्टको जन्मदिनमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक
काठमाडौँ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक भएको छ ।
यस चलचित्र ‘बलिदान’ का मुख्य कलाकार समीर भट्टको जन्मदिनको अवसर पारेर निर्माण टिमले प्रि-टिजर सार्वजनिक गरेको हो । यस वर्षको वडा दसैँलाई लक्षित गर्दै फूलपातीमा प्रदर्शन मिति तोकिएको ‘बलिदान’ को ४२ सेकेन्डको आधिकारिक प्रि-टिजर सार्वजनिक भएको हो । प्रि-टिजर सार्वजनिकसँगै टिजर पनि छिट्टै सार्वजनिक हुने निर्माण टिमले जानकारी दिएको छ । उक्त टिजरमा कलाकार भट्टलाई सोलो फिचर्ड गरिएको छ । सार्वजनिक प्रि-टिजरले बलिदान फिल्मको शक्तिशाली कथावस्तु र प्रस्तुतिको संकेत गर्छ । प्रि-टिजरमा अभिनेता भट्टलाई केन्द्रमा राखी उनका एक्सन दृश्यहरू देखाइएको छ ।
प्रि टिजर सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले समीर भट्टलाई अभिनयमा अब्बल भन्दै ‘बलिदान’मा उनको क्षमता अझ प्रस्फुटित भएको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –
“समीर भट्ट “अभय” जन्मदिन विशेष “
नेपाली सिनेमा जगतमा समीरको प्रवेशले एक नयाँ युगको थालनी गर्ने छ । त्यसैले हामी उनलाई युगपुरुष भन्दै आएका छौँ । समीरमा कलाकारिकता र अभिनयका सबै गुण र सीपले भरिएका छ । “बलिदान” ले ती सबै गुण र सीपलाई उजागर गरेको छ । समीरको जन्म दिनको अवसर पारेर हामीले बलिदानमा समीरको विभिन्न प्रस्तुतिको झलक मध्य एक सानो झिल्को ( glimpse) सार्वजनिक गरेका छौँ । सिनेमा फूलपाती २०८२ मा रिलिज हुनेछ । बिच् बिच् मा यस्तै यस्तै glimpse का माध्यमबाट हामी प्रिय दर्शकसंग “बलिदान” को चिनारी गराइरहने छौं. चॉडै टिजर लिएर आउनेछौ प्रतिक्षा अनि हामी संग संगै अदभुत मिसानको यात्रामा संगै रहनुहोला ।
“जन्मदिनको लाखौ सुभकामना युगपुरुष “
आसुसेन फिल्म्स् प्रा.लि. को ब्यानरमा निर्माण भएको यस चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी जस्ता कलाकारहरूको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको फिल्ममा प्रेम पुरी कार्यकारी निर्माता हुन् ।