ओलीको गुनासो- निर्वाचन भयरहितरुपमा सम्पन्न हुन सकेन

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख १० गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रधानमन्त्री शेरबहादुर देउवाले “सम्माननीय राष्ट्रपतिले २०७९ जेठ १० गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०७९÷८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरेका छन् । नेता ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको भन्दै राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको भनी सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

उनले त्यस अवसरमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन नसकेको आरोप पनि लगाएका छन्छ । उनले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको रुपमा रहेको निर्वाचन भयरहितरुपमा सम्पन्न हुन नसकेकामा गुनासो गरेका छन् । उनले राजनीतिक संवादहीनतामा राखिएको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएको आरोप लगाउँदै यस विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि लगाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *