युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगे ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप पुगेका छन् । आकस्मिक रूपमा आह्वान गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका निम्ति उनी त्यहाँ गएका हुन् । एमालेको ११औँ महाधिवेशनअन्तर्गत आजैदेखि बन्दसत्र सुरु हुँदै छ । केन्द्रीय कमिटी बैठकपश्चात् भृकुटीमण्डपमै बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् । ओली युवाको ‘स्कर्टिङ’मा भृकुटीमण्डप पुगेका हुन् । उनको अघिपछि एमाले स्वयंसेवकका गाडी थिए । ओली पुगेसँगै बैठक सुरु भएको छ । केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संस्थापननिकट स्रोतको भनाइ छ ।
















