अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि     

अमेरिका ।  संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ ।    
    
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख गरेको छ ।    
    
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधी प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ ।    
    
 विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मङ्कीपक्सको खोपको अभाव देखिएको छ ।    

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *