सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई आर्थिक सहयोग

काठमाडौँ । सनराइज बैंकले अटिजम भएका बालबालिकाको संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैरनाफा मूलक संस्था विशेष स्कुल तथा पुनस्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको हो । बैंकले संस्थालाई नयाँ भवन निर्माणको लागि साढे एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छिन् ।
नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *