मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित


काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’बाट सम्मानित भएको छ । यो अवार्ड वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले आयोजना गर्ने सबैभन्दा महत्वपूर्ण बिजनेस अवार्ड हो । यो अवार्ड व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास लगायत विभिन्न ६ विधामा मुल्याङ्कन गरी प्रदान गरिन्छ । वर्ल्ड कन्फेडेरेसन अफ बिजनेश वर्ल्डकबले विश्वभरीका १३० वटा देशहरुका ३५ सयभन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *