चन्द्रागिरि साकोसद्धारा सदस्यहरुको सामूहिक दुर्घटना बीमा


काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले यस अघि सदस्यहरुको दुर्घटना भई ज्यान गुमाएमा सदस्य राहत कोषबाट आश्रित परिवारलाई १ लाख सम्मको क्षति प्रदान गर्दै आईरहेको थियो । अब भने संस्थालाई प्राथमिकता दिई कारोवार गर्ने सदस्यहरुको माघ २० गते देखि लागु हुने गरी बीमा कम्पनीसँग समन्वय गरी थप १ लाखको सामूहिक दुर्घटना बीमा गरिएको संस्थाले जनाएको छ । थप बीमाको यो सुविधा संरक्षित पुँजी फिर्ता कोषबाट न्युनतम ३७ रुपैयाँ सम्मको सुविधा प्राप्त गर्ने सदस्यहरुलाई उपलब्ध हुने जनाइएको छ । सो व्यवस्था अनुसार अनुसार उक्त बीमालेखले ५ हजार ८ सय ८० जना सदस्यहरुलाई समावेश गरिएको संस्थाले जनाएको छ । उक्त बीमालेखले सदस्यहरुको दुर्घटनाबाट हुने मृत्यु, स्थायी पूर्ण अशक्तता र स्थायी आंशिक अशक्तताको क्षति समावेश गर्नेछ। सदस्यहरुले गर्ने कारोवारको थप सक्रियताले आगामी दिनमा अझ बढि सुविधाहरु सदस्यहरुलाई उपलब्ध गराउँदै लगिने संस्थाले जनाएको छ । निरन्तर विश्वास, सहयोग र साथको लागि सदस्यहरुप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *