नाफिजद्वारा रक्तदान कार्यक्रम आयोजना गर्दे


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ नाफिजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । संघले पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएको भन्ने गुनासो पछि नेपाल रक्तसंचार संस्थासँगको समन्वयमा माघ २७ गते शुक्रबार बिहान ८ बजे देखी ११ बजे सम्म नाफिज सचिवालय, बुद्धनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो। संघले उल्लेखित मिती र समयमा रक्तदान कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण सदस्यहरुलाई हार्दिक अनुरोध गरेको छ । साथै, धेरै भन्दा धेरै रक्त संकलनका लागि सहभागी बढाउनु अनिवार्य भएकाले आफुले आग्रह गर्न सक्ने आफन्त, साथीभाई वा अग्रजहरुलाई पनि कार्यक्रममा सहभागी भइ रक्तदानमा सहभागी गराउन रचनात्मक भूमिकाका लागि पनि अनुरोध गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *