रास्वपाको कार्यालय पुगे राष्ट्रपतिका उम्मेदवार पौडेल
काठमाडौँ । राष्ट्रपति पदका उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट माग्न बसुन्धरास्थित पार्टी कार्यालय पुगेका हुन् ।
उम्मेदवार पौडेलसहित कांग्रेस नेताहरुले रास्वापाका सभापति रवि लामिछानेसहितका नेताहरुसँग अहिले छलफल गरिरहेका छन् ।
पौडेल राष्ट्रपति निर्वाचनमा आठ दलको समर्थनमा उम्मेदवार बनेका छन् । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने, संसदीय दलका नेता तथा पार्टी उपसभापति डीपी अर्याल र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन् ।
त्यस्तै कांग्रेसका नेताहरु प्रवक्ता डा. प्रकाश शरण महत, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सहभागी रहेका छन् ।
















