अन्जन विष्ट बने वर्ष खेलाडी

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट महिला पुरुष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । अवार्ड जित्ने क्रममा अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।

अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए । यस्तै उनले १३औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गोल गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *