आरजुलाई बदनाम गराउन सिंगापुर गएको प्रचार

काठमाडौं । नक्कली शरणार्थी प्रकरणले नेपाली कांग्रेसका नेताहरूको चरित्रमाथि योजनाबद्ध ढंगले आक्रमण सुरु भएको छ । उनीहरूलाई बदनाम गराउन अनेक प्रपञ्च गरिएको छ ।

यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवाविरुद्ध कम्युनिस्टहरू हात धोएर लागेका छन् । सामाजिक सञ्जालमा आएको फेक अडियोलाई आधार बनाएर आरजुमाथि आक्रमण भइरहेको छ ।

कतिसम्म भने बिहीबार राति एउटा युट्युब च्यानलले आरजु भारतको पटना हुँदै दिल्लीबाट सिंगापुर पुगेको समाचार प्रवाह गरेपछि रातिदेखि नै आरजुले देश छाडिन् भनेर निरन्तर हल्ला फैलाउन लागिएको छ । त्यही युट्युबको कन्टेन्टलाई आधार मानेर दुई तीनवटा अनलाइनले समाचार हालेपछि हल्ला सुरु भएको हो ।

आरजु बिहीबार अजय चौरसियाको छोराको विवाह समारोहमा भाग लिन वीरगञ्ज पुगेकी थिइन् । त्यस क्रममा उनले हिजै हेटौंडामा एउटा मार्टको उद्घाटन गरिन् । हेटौंडामै उनले महिला सशक्तीकरणका लागि प्रदेश सरकारको भूमिका विषय अन्तरक्रियामा सम्बोधन गरेकी थिइन् । कार्यक्रम सकिएपछि उनी हिजै राति काठमाडौं फर्किएको देउवाको सचिवालयले जनाएको छ । तर आरजु भागेर सिंगापुर पुगेको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ ।

नेतृ आरजु हेटौंडाबाट गाडीमा फर्किएको र अहिले काठमाडौंमै रहेको उनका भतिजा भानु देउवाले जानकारी दिएका छन् । निरन्तर आरजुले देश छाडेको हल्ला फैलिएपछि अहिले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई जिज्ञासा आउने क्रम बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *