भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फ्रान्सको सर्वोच्च सम्मान प्रदान गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले भारतीय प्रधानमन्त्री मोदीलाई ‘द ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ बाट सम्मानित गरेको हो । यो फ्रान्सको सर्वोच्च नागरिक सम्मान हो ।
भारतीय प्रधानमन्त्री मोदीले यो सम्मानका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई धन्यवाद दिएका छन् ।
भारतीय प्रधानमन्त्री दुई दिने फ्रान्स भ्रमणमा छन् । भ्रमणकै क्रममा उनलाई यो सर्वोच्च सम्मान प्रदान गरिएको हो ।
मोदी यो सम्मान पाउने पहिलो भारतीय प्रधानमन्त्री हुन् । यद्यपि विश्वभरका अरू नेताहरूले यो सम्मान पाइसकेका छन् ।