गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उजुरी

काठमाडौं । गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सुन पास गराएको भ्रामक प्रचार गरेको भन्दै उनले बिहिबार उजुरी दिएका हुन् ।

अध्यक्ष बस्नेतले आफूलाई सूचना आएको कपोलकल्पित हवाला दिँदै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि सुन पास गराएको आरोप लगाएका थिए।

यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *