जलवायु परिवर्तनले पुर्‍याएको असर र क्षतिप्रति सभामुख धिमिरेको ध्यानाकर्षण

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धि अवधारणासहित एक्सनएड नेपालले जलवायु न्याय अभियान अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्र बुझाइएको छ । फन्ड आवर फ्युचर भन्ने नाराका साथ एक्सनएडले जलवायु परिवर्तनका कारण नेपाल पनि उच्च जोखिममा रहेको भन्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने तर्फ सभामुख धिमिरेको ध्यानाकार्षण गराएको हो ।

पत्र बुझ्दै घिमिरेले सबै दलका प्रमुख सचेतकसँग पनि छलफल चलाउने र कानूनी कुराहरुमा आवश्यक सुधारको पहलमा जोड दिनुपर्ने बताए ।

नेपालले कार्बन उत्सर्जन घटाउनका लागि थुप्रै रणनीतिक योजना अघि सारेको दाबी गर्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने एक्सनऐडले जिकिर गरेको छ । कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापी मान्यता अनुसार नेपालले विभिन्न मापदण्ड पालना गरेर कामहरु गरिरहेको र विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि हरियाली कार्यक्रम समेत चलाइरहेको छ । त्यसै गरी एक्शनएडको टोलीले एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्ताैलालाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

भौगोलिक रूपमा जोखिमपूर्ण स्थानमा अवस्थित नेपालले जलवायु परिवर्तनका गम्भीर प्रभावहरूको सामना गरिरहेको छ जसले धेरै क्षेत्रहरूमा मानिसहरूको जीविकोपार्जन र अनुकूलन क्षमताहरूलाई खतरामा पार्छ। यी प्रभावहरू बाढी, पहिरो, खडेरीको रूपमा प्रकट हुन्छन् र आवृत्तिमा वृद्धि हुने अपेक्षा गरिन्छ ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको न्यूनतम ०.०२५ प्रतिशत जिम्मेवार भए पनि नेपालले पेरिस सम्झौता अनुरुप जलवायु परिवर्तन न्यूनीकरण गर्ने आफ्नो प्रतिबद्धता देखाएको छ। नेपालले दिगो उत्सर्जन कटौती हासिल गर्न दीर्घकालीन रणनीति विकास गरेको छ र अन्तर्राष्ट्रिय जलवायु परिवर्तन पहलहरूमा सक्रिय रूपमा सहभागी हुँदै सन् २०४५ सम्ममा शुद्ध शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।

एक्सन एड इन्टरनेशनल नेपाल (एएआईएन) ले जलवायु परिवर्तन र जलवायु न्यायको अत्यावश्यक मुद्दालाई सम्बोधन गर्न नेपाली सांसदहरूलाई ध्यानाकर्षण पत्र पठाएर साहसी कदम चालेको छ। आज एआइएनको समर्पित टोलीमा कार्यकारी निर्देशक सुजिता माथेमा, कार्यक्रम तथा नीति प्रमुख सरोज पोखरेल, जीविकोपार्जन तथा प्राकृतिक श्रोत विशेषज्ञ महेश बडाल, व्यवस्थापकीय प्रबन्धक सुवनी कार्की, सञ्चार प्रबन्धक उमा थापालगायतको गतिशील युवा टोली सहभागी भएको थियो । राहुल देवान, कृतिना श्रेष्ठ र सृष्टि पौडेलको संयोजकत्वमा सभामुख देवराज घिमिरेसँग भेटवार्ता भएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *