प्रिन्सिपल सर्राफको हत्याविरुद्व आज मधेशका विद्यालय बन्द

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन ९नेशनल प्याब्सनं० मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेशनल प्याब्सनका प्रदेश अध्यक्ष डा। नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले विज्ञप्ती जारी गरेर सर्राफको हत्याप्रति भर्त्सना गर्दै हत्या विरोधमा आज प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् । बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमवार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केहि घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।

प्रिन्सिपल सर्राफको निर्मम हत्याले मधेश प्रदेशका सम्पूर्ण शिक्षा क्षेत्र नै शोकाकुल बनेको भन्दै नेशनल प्याब्सनले मृतक सर्राफप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो सम्बेदना प्रकट गरेको छ । साथै उसले हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ पीडित परिवारलाई न्याय दिन सम्बन्धित निकायसंग माग समेत गरेको छ ।
न्याय दिलाउन ढिलासुस्ती भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न चेतावनी समेत दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *