आमा फर्केर आउ घर

१८
पढ्ने पुस्तकका खाता मिलाई दिन्थ्यौ
एक्कै छिन नदेखे पिरताप तिमी लिन्थ्यौ
तिम्रो नाउँ जोडिएको रह्योनि मेरो थर
जहाँ भए पनि आमा आउ तिम्रै हो घर ।
१९
तिम्रा पाखा पखेरा रोईरहेका छन
कुवामा संगिहरु लुगा धोई रहेका छन् ।
ईश्वरले पनि आखिर नदेख्ने कहाँ छ र
बालापन रित्तियो आमा हासेर आउँ घर।
२०
मेरा नयनले सधै आमा खोजि रहन्छ हेर
स्वर्गको द्वार सम्झेर आउँन अब फर्केर ।
चुहिदै गयो कटेरो आमा छाई दिने को छ र
यो मन टालि दिन आमा आउँन फर्कि घर ।
२१
कोरेर सलाई कोरिन्न आमा काटाँ झरेर गयो
वल्नै छाड्योनि अवता मेरो दिल मरेर गयो ।
निस्वार्थि बनी लडि रहेछ चुलो र चौका तर
आहारा बिहिन भए आमा आउँन फर्कि घर ।
२२
घाँस पराल नहुदा गाई गोठ रित्तो भयो
लिपपोत नगर्दा आमा महल भित्तो भयो ।
सुखमा छौकि दुखमा आमा तिमिनै भन
ढुङगा मुढा पनि आमा होईननी मेरो मन ।
२३
गुईठो पनि नहुदा आमा अगेनो बल्नै छोड्यो
रुने बाहेक हास्ने आमा ईश्वरले पनि तोड्यो ।
तिम्रो माईति हो भने आमा मेरो हो मामा घर
प्यारो माया सम्झि आमा आउँ फर्केर घर ।
२४
सेलाई बसेको छ आमा हाडी अनि कप्टेरो
आउँदिनौ किन त आमा भयो नि के अफ्ठेरो ।
मेरा शखिहरु भन्छन आमाको खबर के छ
जोडछु दुई हात बिन्ती आमा फर्केर आउँ घर।
२५
पानि पधेंरो गर्थ्यौ आमा गाग्री भए चुहिने
अन्नपात सब चिज आमा भयो नि कुहिने ।
बल छैन धन छैन आमा आखिरि ममा के छ र
ताल साँचों खुलाउन आमा आउँन घर फर्केर
२६
तरकारि बिजन सब थोक आमा बारि भरि झुल्दथे
राता पहेला थरी थरि लटरम्म फुल फुल्दथे ।
घरको शुन्दरता तिमिबिना आमा अरु को छ र
छिट्टै फर्कि आउँन आमा माली बनेर घर ।
२७
धेरै भयो अब त आमा बाटो कुरेको पनि
आसगरि बसेको छु आमा खबर पाउँछु भनी ।
तिम्रा ती मलमल कपडा साडि र धोति चोली
आउछ्यौकि भन्ने आशमा हृदय मैले खोली ।
२८
सजी सजाउँ छ आमा तिम्रा सयन बिस्तारा
मेरो आँसु सधै झरोस तिम्लाई नहोस सुस्तरा ।
दिकदारी नबन आमा जहाँ छ्यौ तिमी भन
निस्ठुरी बनी हिड््यौनि आमा के भयो तिम्रो मन ।
२९
के खाई के लाई बसेकि छ्यौ आमा मलाई भन
बालापनता रोएर बित्यो अब खुसाउँछु मन ।
गर्न त मे सक्छु र आमा घरै अध्यारो भयो
थाहै भएन मलाई आमा कुन दैव आई लग्यो।
३०
तिम्रा ती सखिहरु भन्छन आमा मलाई हेर
कर्तब्य पूरा गर्नु पर्छ बाबु तिमिले यति खेर ।
झन रुन्छ यो मन त आमा आमा आमा खोज्दछ
मेरो हृदय विदारक भयो आमा सधै तिमि रोज्दछ ।
३१
देख्दिन केही पनि अव त मनको मुटु चुडिगो
खाने दन्तमा पनि आमा ढुङगालागि कुडिंगो
छ पापि संशार यो दैव आमा भयोै के गरि निस्ठुरी
चुडेर लग्यो नि तन मन मेरो कस्लाई भनु म कसरी ।
३२
हाहाकार भयो नि मेरो आमा मन मुटु शान्त छैन
पहाडले छोपे झै भयो आमा तर निश्चित हो कि हैन ।
भान मलाई परीगो आमाआमा तिम्रो मुहार हेर्न
दैव पनि कति निष्ठुरी माया दिएन फेर्न ।
३३
जालसाँचि गर्यो कि आमा कि दैवले घात गर्यो
कुन पापि बनेर आयो आमा तिमिलाई हरण गरयो ।
छलछाम गरेर के भयो आमा मेरो मुटुको घाउँ
जहा छौ मेरी आमा तिमी फर्केर घर आउँ ।
३४
भन्दैनन् केही पनि तर बाबा रुन्छन् धरधर
सम्झाई भन्छन बाबु नमर्ने मानिस को छ र ।
तिम्रा ललाटमा बाबु यो के लेखी दियो भाविले
बोल्छन् कुडाई हृदय बाबु माया छुटायो पापिले ।
क्रमशः

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *