सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौंस्थित म्यारिएट होटलमा “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ”योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटयान्स पठाउने राजु तामाङलाई पाच लाख तीस हजार सात सय पचास र कोरिया बाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई एक लाख हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदीस्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद , नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५ सय को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ५ सय को वालेट टप् अप ) ४५ जनाले साप्ताहिक उपहार ( जनही २५ हजार) र २ जनाले मासिक उपहार (जनही १ लाख ) जित्न सफल भईसकेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *