नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने

काठमाडौं । अब नेपालमा नर्सिङ पढ्न कक्षा १२ पास भएको हुनुपर्ने भएको छ । विश्वका विभिन्न देशमा कक्षा १२ पछि मात्र पीसिएल नर्सिङ पढ्न पाउने व्यवस्था रहेको भन्दै नेपालमा पनि यसको गृहकार्य भइरहेको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बसेको बैठकमा पनि यो विषयमा छलफल भएको छ । बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले नेपालमा मात्र एसईई दिएपछि नर्सिङ पढ्न पाउने व्यवस्था रहेको बताउँदै अब कक्षा १२ पास भएपछि मात्र पढ्न मिल्ने गरी आयोगले काम सुरु गरिरहेको बताए ।

शिक्षा ऐनले कक्षा १२ लाई विद्यालय तहको शिक्षामा राखेपछि विद्यालय शिक्षा पछि मात्र प्राविधिक शिक्षामा आउने व्यवस्था भएकाले अब नर्सिङमा पनि यस्तै व्यपस्था गर्न लागिएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए । यसका लागि आयोगले गृहकार्य गरिरहेको उनको भनाइ छ । यो विषयमा अध्ययन गर्न गत वर्ष नै कार्यदल बनाइ काम सुरु भइसकेको छ । त्यो कार्यदलले बनाएको मापदण्ड आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई दिने तयारी गरेको छ । कक्षा १२ पछि पीसीएल निर्सिङ पढाउँदा विद्यार्थी पनि परिपक्क हुने र सिकाइ राम्रो सिकेर गुणस्तरिय सेवा दिन सक्ने काप्रीको विश्वास छ । अहिले यसको काम भइरहेकाले कुन वर्षदेखि कार्यन्यवनमा आउाछ भन्नेमा भने अझै एकिन भएको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *