वैदेशिक रोजगार विभागमा सेवाग्राहीसँग बार्गेनिङ गर्ने १३ जना विचौलिया पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभाग सेवाग्राहीलाई दुःख दिने १३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई सेवाग्राहीलाई अनावश्यक बार्गेनिङ् तथा पक्राउपुर्जी जारी गर्न सहयोग गरिन्छु भन्नेहरूलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले ताहाचलस्थित विभाग परिसरमा पुगेका सेवाग्राही तथा पीडितलाई घेराबन्दी गरेर बार्गेनिङ गर्नेहरूलाई पक्राउ गरिएको बताए । ‘श्रम स्वीकृतिका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दुःख दिएर विचौलिया प्रयोग गर्न बाध्य बनाएका थिए,’ सूचना अधिकारी आचार्यले भने, ‘पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने आश्वासन दिन्थे ।’

विचौलियाहरूले वैदैशिक रोजगारका मुद्दामा संलग्नहरुलाई आफ्नो समूहले पक्राउ गर्ने भन्दै मोलमोलाइ गर्ने गरेको आचार्यले बताए । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोईलीका २७ वर्षीय बिमल सुबेदी जैसी, खोटाङ दिक्तेल नगरपालिकाका ४८ वर्षीय गंगा पराजुली, ४२ वर्षीय राजु तामाङ, झापा शिवसताक्षीका ४१ वर्षीय राज कुमार तिवारी, ओखलढुंगा सिद्दीचरणका ३० वर्षीय शुसन कटुवाल, गुल्मी छत्रकोट गाउँपालिका २६ वर्षीय नरेश सोमरे मगर, संखुवासभा मादी गाउँपालिका ५७ वर्षीय धन बहादुर तामाङ,ललितपुर महानगरपालिका ७ मंगलबजारका २४ वर्षीय सागर महर्जन, उदयपुर कटारी नगरपालिका वडा ३ का ३५ वर्षीय प्रबिण कुमार मगर, ओखलढुंगा सुनकोशी गाउँपालिका २६ वर्षीय प्रकाश बिष्ट, गोरखा भिमसेन गाउँपालिका २७ वर्षीय कृष्ण बन्जरा , काठमाडौं २६ वर्षीय बाबुकृष्ण खड्का, सुनसरी ईटहरी उपमहानगरपालिका ५ का ३२ वर्षीय गायत्री ओली रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *