कर्णालीमा बीमाको पहुँच विस्तार गर्न बीमा प्राधिकरण र एनएलजी इन्स्योरेन्सबीच छलफल

काठमाडौं । कर्णाली प्रदेशमा बीमाको दायरा विस्तार तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामीछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तबीच एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा कर्णाली प्रदेशका दुर्गम तथा ग्रामीण समुदाय सम्म बीमा सेवा सहज रूपमा पु–याउने, बीमा साक्षरता अभिवृद्धि गर्ने, स्थानीय तहहरूसँग समन्वय बढाएर बीमा सेवाको पहुँच विस्तार गर्ने तथा प्रदेशमा रहेका जोखिमहरूको पहिचान गरी त्यस अनुसार उपयुक्त बीमा योजना विकास गर्ने विषयमा विस्तृत चर्चा गरिएको थियो।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड हाल १ प्रादेशिक कार्यालय र ५ वटा उपशाखासहित कुल ६ वटा कार्यालयहरू मार्फत कर्णाली प्रदेशमा बीमा सेवा प्रदान गर्दै आइरहेको छ। बैठकमा यी कार्यालयहरूको सेवा क्षमता थप विस्तार गर्ने तथा सेवाको गुणस्तर सुधार्न विभिन्न उपायहरूको सम्भाव्यता पनि छलफल गरिएको थियो। दुवै संस्थाका प्रतिनिधिहरूले प्रदेशभर बीमा सेवा व्यवस्थित, द्रुत तथा ग्राहकमैत्री बनाउनका लागि आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यस सहकार्यबाट निकट भविष्यमा कर्णाली प्रदेशमा बीमा सेवाको पहुँच र दायरा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *