आइएमई लाइफको सीईओमा फुयाललाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई आगामी चार वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिले गरेको निर्णयलाई अन्तिम स्वीकृतीको लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको छ ।
कम्पनीको सीईओमा फुयाललाई पुनः नियुक्त गर्ने निर्णय प्राधिकरणबाट स्वीकृत भएपश्चात उनी आगामी ४ वर्षको लागि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । फुयाल २०७७ साल भदौं ७ गते कम्पनीको सिइओ नियुक्त भएका थिए । उनको कार्यकाल सकिनु अघि नै नियामकीय प्रक्रिया अनुसार पुनः नियुक्ती प्रक्रिया अघि बढाइएको हो । सिइओ नियुक्त गर्नु अघि बीमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।