आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले कम्पनीको २८ औं वार्षिक साधारण सभा आगामी पुस २४ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने कर समेत) पारित गरिनेछ । यस्तै कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२।८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १६ एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।
















