साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यूू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज घरेलु टिम नेपालले भुटानको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह एबाट समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । भुटान समूह बीबाट उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपाल र भुटानबीच साफ यु २० मा अहिलेसम्म तीनपटक भेट भएको छ । जसमा भुटानले दुई खेल जित्दा नेपालले एक खेल जितेको छ ।

सन् २०१५ मा भएको पहिलो संस्करणको समूह चरणमा विमल घर्ती मगरको ह्याट्रिकमा नेपालले भुटानलाई ३ १ ले पराजित गरेको थियो । तर, २०१७ मा भुटानमै भएको प्रतियोगितामा नेपाल भुटानसँग १ ० ले पराजित भएको थियो । तर, राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा नेपालले त्यसपछि लगातार तीन खेल जित्दै शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको थियो । सन् २०१९ मा नेपालमै भएको तेस्रो संस्करणमा भने नपाल समूह चरणमै भुटानसँग ३ ० ले पराजित भएको थियो । भुटानसँग कुनै पनि नेपाली टिमले व्यहोरेको यो अहिलेसम्मकै ठूलो हार हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *