बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ सम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।

काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ । ललितपुरमा २३ जनाको मृत्यु भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *