मलाई न्यायालयप्रति विश्वास छ, केपी ओली मुक्त देश बनाउन जुट्नुस- रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् । उनले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् ।

कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफुलाई न्यायालयप्रति विश्वास रहेको भन्दै आम जनतालाई सरकारविरुद्ध प्रदर्शनमा आउन आव्हान गरेका छन् । उनले भने- ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ ।‘ सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

केपी ओलीको सरकार नै निर्दोष फसाउन र आफ्नो कमजोरी लुकाउन गठन भएको भन्दै लामिछानेले केपी ओली मुक्त देश बनाउन आवश्यक रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *