सुनचाँदीको मुल्य घट्यो
काठमाडौं । आज सुन-चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक हजारले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















