उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिका-१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले यसको सुदृढीकरणका लागि सबै मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुनुपर्ने बताए ।

नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधन भएपछि सो वडामा आज उपनिर्वाचन भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *