एनपीएल- चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो । राइनोजका रवि बोपारले ३८ बल खेलेर ५१ रन बनाए उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *