सानिमा रिलायन्स लाईफका सेयरधनीले कर तिरेपछि मात्रै बोनस सेयर पाउने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो । तत्कालिन सानिमा लाईफ र रिलायन्स लाईफ एक आपसमा गाभिएर सानिमा रिलायन्सको नामबाट २०७९ चैत ९ गते एकिकृत कारोबार भएको थियो । आयकर ऐनमा भएको व्यवस्थ अनुसार गाभिएको मितिमा कायम सेयरधनीले २ वर्षसम्मको लाभांशको कर तिर्नु पर्दैन । तसर्थ उक्त दुई कम्पनी गाभिएको मिति २०७९ चैत ९ गते पछि बनेका सेयरधनीले मात्र बोनस सेयर वापतको कर जम्मा गर्न कम्पनीले अनुरोधद गरेको हो ।

कम्पनीले आव २०७९।०८० को मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । २०७९ चैत ९ गतेपछि कायम सेयरधनीले सो बोनस वापत ५ प्रतिशत लाभकर भुक्तान गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । कर वापतको रकम जम्मा गरेपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिने पनि कम्पनीले स्पष्ट पारेको छ । कर वापतको रकम एनएमबी बैंक रहेको सानिमा रिलयन्स डिभिडेण्ड ट्याक्स खाता नम्बर ९९०००५३६६७८००१७३ जम्मा गर्नुपर्ने जनाइएको छ । करको विवरण सानिमा रिलायन्स इन्स्योरेन्सको वेवसाइटमा गएर हेर्न सकिने पनि कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *