राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते बैठक बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *